२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

चितवन–१ मा एमालेका पाण्डेलाई हराउँदै रास्वपाका ढकाल निर्वाचित

चितवन–१ मा एमालेका पाण्डेलाई हराउँदै रास्वपाका ढकाल निर्वाचित

जनसेवा न्युज डटकम संवाददाता

चितवन निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मत गणनामा ढकाल एमाले उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै निर्वाचित भएका हुन् । ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् ।

यसैबीच एमाले उम्मेदवार पाण्डेले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका ढकाललाई बधाई दिएका छन् । उनले निर्वाचनमा आफूलाई मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले निर्वाचन प्रचार प्रसारको क्रममा विरोधीहरुले विगतमा विकास भएन भन्ने भ्रम फैलाएको भन्दै त्यो भ्रम सहि नभएको बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com