२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

सुर्खेत २ (ख) मा माओवादीका विन्दमान विष्ट विजयी

सुर्खेत २ (ख) मा माओवादीका विन्दमान विष्ट विजयी

सुर्खेत जेलब्रेकका कमान्डर विष्ट को हुन् ?

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २  प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन् । उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन् ।
यहाँ ३१ हजार ६८२ मत खसेको थियो ।

जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । विष्ट विरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरेका न् ।
यो उनको दोस्रो जित हो । विजयी विष्ट सुर्खेत जेलब्रेकका एक कमान्डर हुन् ।

उनी माओवादीभित्र युवा र ‘भिजनेवल’ छवी भएका नेता हुन् । विद्यार्थी छँदा देखिनै माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएका विष्ट वि.सं २०३६ सालमा कालिकोटमा जन्मिएका हुन् । अहिले उनको स्थायी ठेगाना सुर्खेतको बराहताल गाउँपालिका –१  हो ।

स्नातक ( मानविकी तथा राजनीतिक शास्त्र) सम्म अध्ययन गरेका विष्ट माओवादीभित्र इमानदार, कर्तव्यनिष्ट र बौद्धिक नेताका रुपमा परिचित छन् ।  ०५० सालदेखि माओवादी केन्द्रमा संलग्न भएका उनी ०५६ सालमा भूमिगत भएका थिए । ०५६ देखि उनले ०५८ माघ १ सम्म अर्थात् १८ महिना जेल जीवन बिताएका छन् ।

मन्त्री विष्ट सहितको ०५८ सालमा भएको सुर्खेतको जेलब्रेकको घटना निकै चर्चित र रोचक थियो । सोही जेलब्रेकका उनी एक कमाण्डर समेत हुन् । अखिल क्रान्तिकारीको महासचिव हुँदै केन्द्रीय सदस्य समेत भएका उनी ०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भए ।

हाल माओवादीको केन्द्रीय सदस्य रहेका उनी ०७४ सोही क्षेत्रबाट १५ हजार ६४८ मतसहित विजय भएका थिए । प्रदेश सरकारको अर्थमन्त्री समेत भइसकेका उनी प्रदेश सरकारको मुख्यमन्त्रीको प्रमुख दाबेदारको रुपमा आफूलाई अगाडि बढाइरहेका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com