२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

क्लबविहिन रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध

क्लबविहिन रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध

काठमाडौं । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई फुटबल एसोसिएसनले दुई खेलमा प्रतिबन्ध लगाएको छ ।

अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो । साथै उनलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ ।

मंगलबार मात्रै युनाइटेडसँग आपसी सम्झदारी सम्झौता तोडेपछि रोनाल्डो अहिले क्लबविहिन छन् । हाल विश्वकप फुटबल खेल्नका लागि रोनाल्डो पोर्चुगिज टिमसँग कतारमा छन् र बिहीबार पोर्चुगलले पहिलो खेल घाना विरुद्ध खेल्दैछ ।

हाल रोनाल्डो क्लबविहिन छन् । अब रोनाल्डो जाने नयाँ क्लबमा उनको प्रतिबन्ध लागु हुनेछ । तर महादेशीय स्तरको क्लब प्रतियोगिता च्याम्पियन लिगहरुमा भने प्रतिबन्ध लागु हुने छैन ।

गत अगस्टमै पुलिसले रोनाल्डोलाई यस विषयमा सचेत गराइसकेको थियो भने रोनाल्डोले पनि उक्त समर्थकसँग माफी मागिसकेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com