२०७९ माघ २० - Fri Feb, 2023 -

Janasewa News

सुनसरी-४ मा सञ्चार मन्त्री कार्कीलाई ९५ मतको अग्रता

सुनसरी-४ मा सञ्चार मन्त्री कार्कीलाई ९५ मतको अग्रता
जनसेवा न्युज डटकम संवाददाता

विवाद पछि हिजो दिउँसोदेखि मतगणना भइरहेको सुनसरी ४ मा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीको झिनो अग्रता कायमै छ । यो समाचार तयार पार्दासम्म काँग्रेस नेतासमेत रहेका कार्कीले २८ हजार १६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २८ हजार ७१ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ९५ को रहेको छ । तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेदवार विद्यानन्द यादवले भने ३ हजार २६ मत ल्याएका छन् ।

गणना हुन बाँकी रहेको कोशी गाउँपालिकाको वडा नम्बर ६ र बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडाको गरेर ५ हजार ८१८ मत रहेको छ । कोशी गाउँपालिका ६ एमाले उम्मेदवार कुसियैतको घर भएको क्षेत्र हो । कोशी गाउँपालिकाको उक्त वडा गत स्थानीय तह निर्वाचनमा जनता समाजवादीले जितेको वडा हो । जसपाको समर्थन एमाले उम्मेदवार कुसियैतलाई रहेको छ । यस्तै बराहक्षेत्र १० नम्बर वडामा गत स्थानीय तहको निर्वाचनमा अत्यधिक मत ल्याएर नेपाली काँग्रेसले जितेको छ । उक्त वडा काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ ।


Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com