२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

रिफ्रेसमेन्टका लागि सुकुटे पुगे प्रचण्ड

रिफ्रेसमेन्टका लागि सुकुटे पुगे प्रचण्ड
जनसेवा न्युज डटकम संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । बुधबार अध्यक्ष प्रचण्ड परिवार र  पार्टीका नेताहरुसँगै सुकुटे पुगेका हुन् । निर्वाचनपछि उनी रिफ्रेसमेन्टका लागि त्यहाँ पुगेको बताइएको छ । बुधबार दिउँसो २ बजे त्यहाँ पुगेका प्रचण्ड बिहीबारमात्रै फर्किने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रचण्डसँगै पूर्वसभामुख अग्नि सापकोटा, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट विजयी भएका माधव सापकोटा, बागमती प्रदेश अध्यक्ष तथा सिन्धुपाल्चोकबाट प्रदेशसभा सदस्यमा विजयी भएका सरल सहयात्री सुकुटेमा रहेका छन् । यस्तै  प्रचण्डका छोरीहरु गंगा र रेणुसहित एक दर्जन हाराहारीमा नेताहरु पनि प्रचण्डसँगै सुकुटेमा रहेको बताइएको छ । त्यहाँ पुगेर प्रचण्ड र्‍याफ्टिङ सयर समेत गरेको तस्बिर सार्वजनिक भएको छ ।


Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com