२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

१६ मंसिर, रुपन्देही । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो ।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पु¥याइएको बस्नेतले बताए ।

गोली हान्ने व्यक्तिको पहिचान भएको छैन । भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com