२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

चीनमा वायु प्रदूषण : हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

जनसेवा न्युज डटकम संवाददाता

चीनको प्रदूषित हावामा तीब्र मात्रामा सूक्ष्म कणहरू फेला परेको र त्यसका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमा नै मृत्यु हुने गरेको एक अध्ययनले दाबी गरेको छ । बेइजिङले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका बाबजुद अध्ययनले यस्तो नतिजा देखाएको हो ।

अध्ययनले १ सय ३७ देशहरूको विश्लेषण गरेको थियो । जीवाश्म ईन्धन जलाउँदा सामान्यतया उत्पादन हुने २.५ माइक्रोन ९पीएम २.५० भन्दा सानो कणहरूको सम्पर्कले ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा सन् २०१५ मा ४० प्रतिशत मृत शिशु जन्मेका थिए ।

विश्वका ९८ प्रतिशत मृत शिशु जन्मिने सबै देशको विश्लेषण गरिएको अध्ययनमा चीन चौथो स्थानमा परेको थियो । अध्ययन नेचर कम्युनिकेसन्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित छ ।

यसैबीच, सुई ताओको नेतृत्वमा रहेको पेकिङ विश्वविद्यालयका अन्वेषकहरूले वायु प्रदूषण नियन्त्रण गर्न चिनियाँ अधिकारीहरूले गत दशकमा अपनाएका कदमले मृत्युको संख्यामा कमी आएको औंल्याएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com