२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

जनमतले जन्मायो मधेशी भाषा, सिके राउतले लिँदैछन् मैथिलीमा शपथ

जनसेवा न्युज डटकम संवाददाता

जनमत पार्टीका प्रवक्ता एवं सांसद अब्दुल खानलाई रातोपाटीले सोधेको थियो, ‘तपाईंको पार्टीका सांसदहरुले कुन कुन भाषामा शपथ लिनु हुन्छ ।’

उनको जवाफ थियो, ‘मधेशी भाषा ।’ के हो यो मधेशी भाषा, कहिले न सुनिएको भाषाको नाम सुनियो त भनि जिज्ञासामा उनले मधेशमा बोलिने सबै भाषालाई आफूहरूले मधेशी भाषा भनेको प्रष्ट पारे ।

उनले भने, ‘मधेशमा बोलिने हरेक भाषालाई हामी छुट्याएर भन्दैनौँ, त्यहाँ बोलिने हरेक भाषालाई हामीले मधेशी भाषा नामाकरण गरेका छौँ ।’ अब जनमत पार्टीले मधेशमा बोलिने मैथिली, भोजपुरी, ताजपुरिया, अवधी, हिन्दीलगायतका भाषालाई मधेशी भाषा भनेर सम्बोधन गर्ने जनाएको छ ।

पार्टीका उपाध्यक्ष समेत रहेका अब्दुल खान र गोमालाभ सापकोटाले  नेपाली भाषामा शपथ लिनेछन् भने अध्यक्ष सिके राउत, अनिता देवी साह, विनिता कुमारी सिंह मैथिली भाषामा सपथ लिनेछन् । त्यस्तै, सोनु मुर्मुले सन्थाल भाषामा लिनेछिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com