२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देहीमा

बुटवल । विभिन्न कार्यक्रममा सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत माओवादी पदाधिकारीहरु आज रुपन्देही आउँदैछन् ।

मगर राष्ट्रिय मुक्ति मोर्चाको बुटवलमा हुने छैठौं राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न माओवादी नेताहरु रुपन्देही आउन लागेका हुन् । प्रचण्ड सहितका नेताहरु बुधवार आज बिहान १०ः३० मा भैरहवा विमानस्थल ओर्लेर ओमसतिया गाउँपालिका ६ मा जमुहानी तालमा बन्ने पार्क शिलान्यास गर्नेछन् ।

प्रचण्डले दिउँसो १२ बजेदेखि १२ः३० बजेसम्म बुटवल ज्योतिनगरमा पहिरोको जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्ने र दिउँसो १ बजे बुटवलको ट्राफिक चोकमा मगर मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जिसीले जानकारी दिए ।

सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, सचिव चक्रपाणी खनाल, पुर्व सभामुख ओनसरी घर्ती लगायतका नेताले पनि सम्बोधन गर्ने जिसीले बताए ।

बुटवलको कार्यक्रमपछि दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म प्रचण्ड सैनामैनाको मुर्गिया रंगशालामा सञ्चालित सैनामैना गोल्डकपका विजयी टिम र खेलाडीलाई पुरस्कार वितरण गर्न पुग्ने छन् ।

प्रचण्ड आजै साँझ काठमाडौं फर्किने कार्यतालिका छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com