२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

स्वदेशी उत्पादन प्रयोग गर्न राज्यले प्रोत्साहनको नीति ल्याउनुपर्छः राष्ट्रपति

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्र गम्भीर चुनौती सामना गर्ने अवस्थामा पुगेको भन्दै  स्वदेशी उत्पादनको प्रयोग गर्न राज्यले प्रोत्साहनको नीति ल्याउनु पर्ने बताएकी छन् ।  जलविद्युतको अधिकतम खपत गर्दै कृषि उत्पादन बढाएर पर्यटन प्रबर्द्धनमा लाग्नु अहिलेको आवश्यकता भएको राष्ट्रपतिको भनाइ छ ।

बुटवलमा बिहीबारदेखि सुरु भएको १५ औँ औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिनको पूर्ण सदुपयोग गरेर  आर्थिक क्षेत्रका मेरुदण्ड किसानलाई राज्यबाट सहज सेवा उपलब्ध देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताइन् ।

उनले  आर्थिक मन्दी र व्यापार घाटाले मुलुकको विदेशी मुद्राको सञ्चितमा ठुलो चाप परेको भन्दै उत्पादन बढाउँदै पर्यटन प्रबर्द्धनमा लाग्नुपर्नेमा जोड दिइन् । स्वदेशी उत्पादन, प्रवर्द्धन र बजारीकरणमा औद्योगिक प्रदर्शनीले ठूलो टेवा पुयाउने पनि राष्ट्रपतिको विश्वास छ । राष्ट्रपति भण्डारीले विश्वका बौद्ध मार्गीहरूको आस्थाको केन्द्र लुम्बिनीलाई शान्ति सहरको रूपमा विकास गरी यस लुम्बिनीसँग जोडिएको बुद्धसँग सम्बन्धित क्षेत्रको पनि प्रचार प्रसार गर्न आवश्यक रहेको बताइन् ।

लुम्बिनी प्रदेशमा आर्थिक तथा औद्योगिक गतिविधिमा महिलाको सहभागिता उत्साहमूलक रहेकोले त्यसको लागि औद्योगिक क्षेत्रमा आर्थिक र मानवीय लगानी बढाउनुपर्ने  बताइन् ।
भैरहवामा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनी प्रदेशको आर्थिक विकासमा ठुलो योगदान पुयाउने भन्दै यहाँ आउने पर्यटकहरूलाई अन्य क्षेत्रमा पनि लैजानुपर्ने  राष्ट्रपतिले बताइन्  ।

कार्यक्रममा  गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँणले नयाँ सरकारको पहिलो प्राथमिकता देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए । उनले
आर्थिक मन्दीका कारण मुलुक अफ्ठ्यारोमा परेको भन्दै उद्योगी–व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकारले हातेमालो गरेर  जाने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com