२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

गाजामा अर्को चरणको युद्ध सुरू गरिएको इजरायलको घोषणा

तेल अबिबि – इजरायल र प्यालेस्टाइनी अतिवादी समूह हमासका बीचमा जारी युद्ध २३ औं दिनमा पुगेको छ । ​

यसबीचमा भएका आक्रामणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

गत अक्टुबर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथि आक्रमण गरे पछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकास तिनै स्थानबाट आक्रमण गरिरहेको छ ।

संयुक्त राष्ट्र संघका बहुमत राष्ट्रले हमास–इजरायल युद्ध रोक्नका लागि आव्हान गरेका थिए भने इजरालयसहित १४ देशले राष्ट्रसंघको सो आव्हानलाई अस्विकार गरेका थिए । उनीहरूले युद्ध जारी राख्ने पक्षमा आफ्नो मत प्रकट गरेका थिए  । ​

हिजाे मात्रै युद्ध राेक्नका लागि राष्ट्र संघले गरेकाे आव्हानलाइ अस्विकार गर्दै गाजामा इजरायलको युद्ध  ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरेको टिप्पणीलाई प्रतिध्वनित गर्दै सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले आफ्नो कार्यहरू विस्तार गरिरहेको बताएका हुन ।

इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भनेका छन, ‘हामी गाजामा हमास विरुद्धको हाम्रो युद्धको अर्को चरणमा (जल, जमिन र आकास) बाट अघि सर्दैछौं।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com