२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नेपाल टी-ट्वान्टी लिगः लुम्बिनीलाई पहिलो खेलमा सफलता

नेपाल टी-ट्वान्टी लिगः लुम्बिनीलाई पहिलो खेलमा सफलता

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा आजबाट सुरु भएको नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार्सले जित हात पारेको छ । आफ्नो पहिलो खेलमा लुम्बिनीले फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको हो ।

जितका लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको फार वेस्टले १६ ‌ओभर २ बलमा सबै विकेट गुमाउँदै ८५ रनमात्र जोड्यो । फार वेस्टका लागि कप्तान हसमातुल्लाह साहिदीले सर्वाधिक ३५ रनको जोडे । लुम्बिनीका दिपेन्द्र सिंह ऐरी ३ र सागर ढकालले २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो । लुम्बिनीका लागि लाहिरु मिलान्थाले सर्वाधिक ६० रन तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३५ रन बनाए ।

फार वेस्टका करण केसी र उमाइर अलीले समान ३(३ विकेट लिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com