२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेस

प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका छन् ।

माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेस गरेका हुन् ।

प्रधानमन्त्रीका लागि सात दल र तीन स्वतन्त्रका १६९ सांसदको समर्थन रहेको छ । उक्त समर्थनमा अमरेस सिंह, प्रभु साह, उपेन्द्र यादवको पार्टी र अनिलकुमार शाह पनि सामेल रहेका छन् ।

निर्वाचनमा कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धन मिलेर चुनावमा होमिएका थिए । गठबन्धनमा ‘सबैलाई नेतृत्व’ चाहिएपछि गठबन्धन लगभग तोडिएको थियो ।
बालुवाटारमा कुरा नमिलेपछि माओवादी अध्यक्ष प्रचण्ड केपी ओलाई भेट्न बालकोट पुगेसँगै राजनीतिक सिनारियो बदलिएको हो ।

गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com