२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कांग्रेसलाई लोसपाको साथ

कांग्रेसलाई लोसपाको साथ

जनसेवा न्युज डटकम संवाददाता

सबै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई सघाइरहेका बेला लोकतान्त्रिक समाजवादी पार्टी नेपाली कांग्रेसको साथमा रहने भएको छ । सुरुदेखि सत्ता गठबन्धनलाई सघाउने निर्णयमा पुगेको लोसपा आफ्नो निर्णयबाट पछाडि हटेको छैन । लोसपा अहिलेसम्म कांग्रेसको साथमा नै रहेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

सोनलले भने, ‘अहिलेसम्म हामी बालकोटभन्दा अलग छौं, बालकोटमा हामी छैनौं ।’ चुनावमा कांग्रेससँग मिलेर चुनावी तालमेल गरेका कारण सो पार्टीसँग अलग नभएको बताउँदै उनले आगामी राजनीति कसरी अगाडि बढ्छ त्यो हेरेर मात्रै अगाडि बढ्ने नेता सोनलले बताए । उनले भने, ‘राजनीतिक सम्भावनाको खेल हो, त्यो कुरा आजको घटनाक्रमले पनि पुष्टि गरेको छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com