२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नेपाल टी-२० लिग स् फार वेस्टको पहिलो जित, काठमाडौं पराजित

नेपाल टी-२० लिग स् फार वेस्टको पहिलो जित, काठमाडौं पराजित
जनसेवा न्युज डटकम संवाददाता

नेपाल टी-२० लिगमा फार वेस्ट युनाइटेडले काठमाडौं नाइट्सलाई पराजित गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा फार वेस्टले पहिलो जित निकाल्ने क्रममा ५ विकेटले विजयी भएको हो।

पहिले ब्याटिङ गरेको काठमाडौंले ९ विकेटको क्षतिमा ९८ रन जोड्यो। उसका लागि एलेक्स ब्लेकले सबैभन्दा बढी ४५ रन जोडे।

अरु ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा फार वेस्टका उमर अलीले ३ विकेट लिए भने भुवन कार्की र हस्तमतुल्लाह शाहिदीले २-२ विकेट लिए।

९९ रनको लक्ष्य फार वेस्टले ६ विकेटको क्षतिमा १९-१ विकेटमा पार गर्‍यो। उसका लागि शाहिदीले नटआउट ५० रन जोडे। उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

बलिङमा काठमाडौंका अनिल खरेलले २ विकेट लिए।

जारी लिगमा दुई खेल खेल्दा फार वेस्टले पहिलो जित निकाल्यो। लगातार दुई जित हात पारेको लुम्बिनी अलस्टार शीर्ष स्थानमा छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com