२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

जाँदाजाँदै अर्थमन्त्रीको दावी : अर्थतन्त्र सुधारोन्मुख छ

जाँदाजाँदै अर्थमन्त्रीको दावी : अर्थतन्त्र सुधारोन्मुख छ

११ पुस, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । आफ्नो कार्यकाल सम्पन्न गरी बिदाई हुन लागेका शर्माले सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका छन् । यसबीचमा रुस–युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको उनले बताए । यसबाट नेपालको मुद्रास्फीतिलाई समेत प्रभाव परेको उनले बताए । आयातमा प्रतिबन्ध, मार्जिन लगाइएको र निर्वाचनका कारण राजस्वमा भने उनले चाप रहेको स्वीकार गरे । राजस्व कमी हुँदा चुनौती यथावत रहेको उनले बताए ।

वित्त र मौद्रीक नीतिबीच सन्तुलन चाहिने भन्दै उनले त्यसो गर्न नसक्दा अर्थतन्त्रमा समस्या आउने आफूले महसुस गरेको उनको भनाइ छ । यसलाई सन्तुलन गर्ने प्रत्यत्न गरिएको शर्माले बताए । यसमा राष्ट्र बैंकसँग निरन्तर छलफल गरिएको उनको भनाइ छ । ब्याजदर वृद्धि र मागमा आएको संकुचनले बजारमा देखिएको समस्या समाधान गरी चलायमान गरी ऋण प्रवाह आवश्यक रहेको उनको तर्क छ ।

कात्तिक मसान्तसम्म १८ प्रतिशतले आयात र व्यापार घाटा १६ प्रतिशत कम भएको उनले उल्लेख गरे । शोधनान्तर स्थिति २० अर्बले बचतमा रहेको जानकारी गराउँदै विप्रेषण आप्रवाहमा समेत सुधार भएको जानकारी गराए । विदेशी मुद्राको सञ्चितिमा समेत उनले सुधार भएको बताए । पूँजीगत खर्च बढेको र आयातको प्रतिवन्ध बढेको भन्दै अब अर्थतन्त्रका धेरै समस्या हल हुँदै जाने उनको तर्क छ ।

वर्तमान बजेटले कृषिमा विशेष जोड दिएको भन्दै शर्माले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन भूमिका खेल्ने उनको तर्क छ । रोजगारी सिर्जनामा समेत जोड दिइएको उनले बताए । उनले विभिन्न पूर्वाधार परियोजनाबारे समेत उल्लेख गरेका छन् । वैदेशिक सहायता प्राप्तिमा समेत उल्लेख्य प्रगति गरेको उनले बताए । आर्थिक वृद्धिका लक्ष्य प्राप्त हुने उनको भनाइ छ ।

अर्थतन्त्रलाई ठूल्ठूला परिघटनाबाट परेको प्रभावबाट बचाउँदै अगाडि बढाउन सफल भएको उनको भनाइ छ । आफूले अर्थ मन्त्रालयभित्रको सुधारमा समेत उच्च प्राथमिकता दिएको मन्त्री शर्माले दावी गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com