२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

दौरा सुरूवालमा पहिलो पटक शपथ लिँदै प्रधानमन्त्री प्रचण्ड

दौरा सुरूवालमा पहिलो पटक शपथ लिँदै प्रधानमन्त्री प्रचण्ड
जनसेवा न्युज डटकम संवाददाता

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति निवास शितल निवास पुगेका छन्।

सोमबार अपरान्ह प्रचण्ड शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन्। उनी शपथ लिन जाँदा दौरा सुरूवाल लगाएर गएका छन्।

प्रचण्डले प्रधानमन्त्री हुँदा यसअघि दौरा सुरूवाल लगाएका थिएनन्। यसअघि प्रचण्ड २ पटक प्रधानमन्त्री भइसकेका थिए त्यसबेला उनले कोट, पाइन्ट लगाएका थिए।

सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रचण्डलाई शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गरेका थिए, त्यसबेला प्रचण्ड केही बोलेका थिएनन्

शपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि शितल निवास पुगेका छन्। उनी नवनियुक्त प्रधानमन्त्री प्रचण्डसँगै बसेका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com