२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

सरकारमा जाने नजानेबारे एकीकृत समाजवादीको निर्णय केन्द्रीय सचिवालयले गर्ने

सरकारमा जाने नजानेबारे एकीकृत समाजवादीको निर्णय केन्द्रीय सचिवालयले गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने बारेको निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने भएको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले आज बसेको बैठकले दुई वटा निर्णय गरेको पनि बताए । पहिलो वामपन्थी मतहरूलाई एक ठाउँमा ल्याउने, मोर्चा बन्दी गर्ने, त्यसको केन्द्र भागमा रहेर काम गर्ने विषयमा सधैँभरी कटिबद्ध रहेर काम गर्ने र दोस्रो सरकारमा जाने विषयको निर्णय पनि केन्द्रीय सचिवालयले गर्ने उल्लेख छ ।

सरकारलाई विश्वासको मत दिने नदिने सचिवालय बैठकले निर्णय गर्ने प्रवक्ता खतिवडाले इकागजलाई बताए । केन्द्रीय सचिवालयको बैठक केही दिनमै बस्ने पनि उनले जानकारी दिए ।

केन्द्रीय सचिवालयमा पार्टीका पदाधिकारीहरू छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com