२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

कारले ठक्कर दिएकी युवतीलाई ड्राइभरले एक घण्टासम्म सडकमा घिसारेपछि…

नयाँ दिल्ली- भारतको राजधानी दिल्लीमा नयाँ वर्षको दिन एक २० वर्षीया युवतीको विभत्स मृत्युले सिंगो देशलाई स्तब्ध बनाएको छ । समाचार रिपोर्टहरूका अनुसार एउटा कार्यलयमा इभेन्ट म्यानेजरको पदमा कार्यरत महिला नयाँ वर्षको दिन कामबाट फर्कदै गर्दा उनको स्कुटर कारसँग ठोक्किएको थियो । अन्य चार जना यात्रु बोकेको कारका चालकले महिलाको शवलाई तानेर केही माइलसम्म हिँडेको प्रहरीले जनाएको छ ।

कारले धेरै समयसम्म शवलाई घिसारेर लगेको देखाउने कैयौं सीसीटीभी भिडियोहरू सार्वजनिक भएका छन् । जसका कारण सर्वासाधारण मानिस आक्रोशित बनेका छन् ।

इन्डियन एक्सप्रेस अखबारले रिपोर्ट गरेको छ कि महिलाको शव लगभग एक घण्टासम्म सडकमा तानिएको थियो र त्यो पत्ता लगाउनु अघि साक्षीहरूले प्रहरीलाई कम्तीमा पाँच पटक पुलिसलाई फोन गरेका थिए। यो नयाँ वर्षमा भएको थियो जतिबेला दिल्लीको सडकमा गस्ती गर्न हजारौं पुलिसकर्मीहरू तैनाथ गरिएको थियो । घटनाले विभिन्न प्रश्नहरू खडा गरेको छ ।

यसैबीच कारमा सवार पाँच जना प्रहरी हिरासतमा छन् र उनीहरूले अहिलेसम्म कुनै बयान दिएका छैनन् । घटनालाई लिएर भारतभर आक्रोश फैलिएको छ ।
भारतमा सडक दुर्घटनाहरू सामान्य छन् । दुर्घटनाले प्रत्येक वर्ष हजारौं मानिसहरूको ज्यान लिन्छ । तर, यो विशेष गरी डरलाग्दो घटनाले राष्ट्रको ध्यान तानेको छ र व्यापक मिडिया कभरेज गरेको छ। एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com