रासफोर्डको गोल वर्षा जारी, दबाबमा लाम्पार्ड
रासफोर्डको गोल वर्षा जारी, दबाबमा लाम्पार्ड
एजेन्सी – खेलको चौथौँ मिनेटमा नै एन्टोनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर कोनर कोडीले १४ औँ मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमा कोडीलेनैआत्मघाती गोल गरेपछि युनाइटेडले पुनः खेलमा अग्रता लियो ।
इन्जुरी समयमा रासफोर्डले पेनाल्टीबाट गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे । उनले आफ्नो करियरमा लगातार पाँच खेलमा गोल गरेको यो पहिलो अवसर हो । युनाइटेड सबै प्रतियोगितामा पछिल्ला ११ मध्ये १० खेलमा विजयी रहेको छ । अब युनाइटेडले इएफएल कपको क्वार्टरफाइनलमा चार्लटनको सामना गर्नेछ भने १४ जनवरीलाई म्यानचेस्टर सिटीसँग भिड्नेछ ।