२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

नेप्से साताभरमा ११४ अंकको वृद्धि, बजार पुँजीकरण ३१ खर्बमा उक्लियो

काठमाडौँ – धितोपत्र बजार यस साताको कारोबारमा ११४ अंकले बढेको छ । साताभर भएको कारोबारमा बजार परिसूचक ११४.७५ अंकले बढेको हो । गत साताको अन्तिम कारोबार पश्चात २०२९.०३ अंकमा बन्द भएको नेप्से यो साता २१४३.९३ अंकमा कायम रहेको छ।

गत सातादेखि सेयर बजारमा लगानीकर्ता विश्वास बढ्दै जाँदा सेयर बजार उकालोतर्फ बढ्दै गएको छ। सरकार गठनसँगै नयाँ अर्थमन्त्री आउनु, बैंकिङ प्रणालीमा तरलता बढ्दै जानु र ब्याजदर घट्ने संकेतले लगानीकर्तामा सकारात्मक मनोबल बढ्दा समग्र बजार २ सातादेखि उल्लेख्य बढेको छ ।

 

कारोबारको दिन अंक घटबढ कारोबार रकम
आइतबार १७.२६ ४ अर्ब ४ करोड
सोमबार १७.५६ २ अर्ब ९६ करोड
मंगलबार ३.०३ ३ अर्ब ४५ करोड
बुधबार ६४.८७ ३ अर्ब ५० करोड
बिहीबार १८.०९ ५ अर्ब ४ करोड
जम्मा ११४.७५ १८ अर्ब ९९ करोड

 

साताको पहिलो र दोश्रो कारको बारमा १७/१७ अंकले बढेको बजार तेश्रो कारोबारमा भने ३ अंकले घट्न पुग्यो । साताका पाँच कारोबार दिन मध्ये एक दिन सामान्य अंकले घटेको बजार अन्य दिन भने बढेको छ।

यस्तै यस साता सेन्सेटीभ इन्डेक्स ५.०९ प्रतिशत बढेको छ भने फ्लोट इन्डेक्स ५.७७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.४३ प्रतिशत बढेको छ । साताको पहिलो कारोबारको दिन आइतबार १७.२६ अंकले बढेर साताको सकारात्मक सुरुवात भएको थियो । सो दिनको कारोबारमा ४ अर्ब ४ करोड रूपैयाँको १ करोड ८ लाख ८० हजार कित्ता सेयर खरिद बिक्री भएको थियो ।

साताको दोश्रो कारोबारको दिन सोमबारमा पनि बजार १७.५६ अंकले बढ्यो । सो दिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा कमी आएको थियो । सोमबार २ अर्ब ९६ करोड ९ लाख रूपैयाँ बराबरको ८२ लाख ७१ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो ।

मंगलबार भने सेयर बजार सामान्य अंकले गिरावट आएको छ । मंगलबार बजार ३.०३ अंकले घट्यो। सो दिनभने बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढोत्तरी भएको छ । मंगलबार ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको ८२ लाख २२ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।

साताको चौथो कारोबारको दिन बुधबार बजार पुन: उल्लेख्य बढ्न पुग्यो । बुधबार बजार ६४.८७ अंकले बढेको थियो । सो दिन कारोबार रकम भने ३ अर्ब ५० करोड रूपैयाँको ८७ लाख ३३ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो ।

यस्तै साताको अन्तिम कारोबारको दिन बिहीबार बजार १८.०९ अंकले बढेको छ। बिहीबार बजार कारोबार रकममा भने उच्च बढोत्तरी भएको थियो । अन्तिम कारोबारको दिन ५ अर्ब ४ करोड ७ लाख ४० हजार रूपैयाँको १ करोड २५ लाख ८१ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो ।

यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस साता बजारमा दैनिक औसतमा ३ अर्ब ८० करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । गत साता दैनिक औषतमा २ अर्ब ७५ करोडको सेयर खरिदबिक्री भएको थियो।

बजार पुँजीकरण

गतसाता २ खर्ब ३४ अर्ब रूपैयाँ बढेर २९ खर्ब ३४ अर्ब रूपैयाँमा कायम रहेको सेयर बजार यस साता ३१ खर्ब १ अर्ब ४५ करोडमा उक्लिएको छ। साताभरमा सेयर लगानीकर्ताको १ खर्ब ६७ अर्ब सम्पति बढेको छ।

उप-सूचकतर्फ

१३ उप-सूचक समूहमध्ये यस साता व्यापार उप-सूचकको सर्वाधिक २०.०६ प्रतिशत बढेको छ । यस्तै साता अन्य उप-सूचकको परिसूचक सबैभन्दा कम ०.८६ प्रतिशत बढेको छ ।

व्यापारपछि धेरै मूल्य बढ्नेमा होटल तथा पर्यटन उप-सूचक रहेको छ । सो उप-सूचक १४ प्रतिशतले बढेको छ । तेस्रो स्थानमा रहेको माइक्रोफाइनान्स उप-सूचक ११.५ प्रतिशतले बढेको छ ।

उपसूचक यो साता

उप-सूचक वृद्धि प्रतिशतमा
जीवन बीमा ५.०८
निर्जीवन बीमा ९.९९
उत्पादन ७.७६
माइक्रोफाइनान्स ११.५६
विकास बैंक ५.७२
होटल तथा पर्यटन १४.१४
जलविद्युत् ७.६३
व्यापार २०.०६
फाइनान्स ६.७०
अन्य ०.८३
बैंकिङ २.१९

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com