२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

हिरोइनको हरर हेर्न हलमै छिरेनन् दर्शक

हिरोइनको हरर हेर्न हलमै छिरेनन् दर्शक

काठमाडौँ । हरर विधाका फिल्मले पछिल्लो समय दर्शकको खडेरी झेल्नु परेको थिएन । धेरथोर सही दर्शक आउँथे । अझ पछिल्लो समय रिलिज भएको ‘कठपुतली’ले त अचम्मसँग दर्शक पाएको थियो । यसभन्दा अघिका ‘घर’ र ‘सुनकेसरी’ले पनि पहिलो दोस्रो दिन राम्रै दर्शक पाएका थिए । तर यही विधामा बनेको र हिरोइनहरूले बने मध्येकै उत्कृष्ट हरर फिल्म भनेको ‘चि मुसी ची’ले दर्शक लोभ्याउनै सकेन ।

‘सुनकेसरी’ निर्माण गरेर दर्शक ठगेको स्वीकार गरेकी अभिनेत्री ऋचा शर्माले ‘चि मुसी ची’बाट दर्शकको भर्पाइ हुने दाबी गरेकी थिइन् । तर ऋचाको दाबीलाई दर्शकले मतलब नै गरेनन् । ऋचाबाहेक यो फिल्ममा प्रियंका कार्की र बेनिशा हमाल पनि छन् । बाँकी दुई हिरोइनले पनि फिल्मलाई लिएर ठूलै गफ गरेका थिए ।

पहिला यो कथा सिरिजको रुपमा निर्माण भएको थियो । तर सिरिज छाडेर निर्माताले यसलाई फिल्म बनाएर रिलिज गरेका थिए । तर चल्तीका हिरोइनको जमघट हुँदा पनि दर्शक योफिल्मसँग तर्सन मानेनन् । फिल्मले पहिलो–दोस्रो सुख्खा सुख्खा बितायो । फिल्मको दर्शक समीक्षा पनि उस्तो गतिलो छैन त्यसैले बाँकीका दिनमा पनि दर्शक आउलान् रु कमै आश गर्ने ठाउँ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com