२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सेयर बजार निरन्तर उकालोमा, पाँच अर्बभन्दा बढीको कारोबार

सेयर बजार निरन्तर उकालोमा, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेको हो । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ।
आइतबार सेयर बजारमा २०.५५ अंकको वृद्धि भएको थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो ।

सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच भयो । यस्तै, पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

यता, वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी जलविद्युत्, जोशी हाइड्रोपावर, हिमालयन उर्जा, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्तमा १० प्रतिशतले वृद्धि भएको हो ।

कुल १७३ कम्पनीमा उकालो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज १३ उपसूचकमध्ये होटल तथा पर्यटनबाहेका सबै उपसूचकमा हरियाली छाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com