२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

पुलिसको विजयी अभियान जारी

काठमाडौँ- विभागीय क्लब नेपाल पुलिस क्लबले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला तर्फ विजयी अभियानलाई जारी राखेको छ ।

पहिलो दिन नयाँबजार सामाजिक युथ क्लबमाथि जित हात पार्दै ३ अंक जोडेको पुलिसले दोश्रो दिन पनि एभरेष्ट भलिबल क्लबमाथि जित निकाल्दै विजयी अभियानलाई निरन्तरता दिएको हो । समूह ए मा रहेको पुलिसले एभरेष्टलाई २५–१४, २५–९ र २५–६ को सहज जित निकाल्दै आफ्नो खातामा ६ अंक जोडेको छ ।
यसै समूहमा रहेको साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले नयाँबजार सामाजिक युथ क्लबलाई ३–० सेटमा पराजित गर्दै आफ्नो खातामा महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ ।

न्यू डायमण्डले नयाँबजारमाथि २५–२, २५–८ र २५–६ को सहज जित निकालेको हो ।

नेपाल भलिबल संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको च्याम्पियनसिपको पुरुष तर्फको खेलमा टिप टप हेल्प नेपाल भलिबल क्लबले जित हात पारेको छ । हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–१६, २५–१९ र २५–१६ को सहज सेटमा पराजित गर्दै ३ अंक प्राप्त गर्न सफल भएको हो । यस्तै पुरुषको अर्को खेलमा बागमती प्रदेशको केशवलाल स्मृति प्रतिष्ठानले मधेश प्रदेशलाई २५–२१, २५–२३, २९–२७ र २५–१७ ले पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ ।

आजै भएको अर्को खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मणी मुकुन्द भलिबल क्लबलाई पराजित गर्दै आफूलाई अंक तालिकाको अग्रस्थानमा राखेको छ । आर्मीले मणी मुकुन्दलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गर्दै थप ३ अंक जोडेको हो ।

यसअघि च्याम्पियनसिपको पहिलो दिन भएको खेलमा पनि सेनाले दावाली मिलन केन्द्रलाई पराजित गर्दै ३ अंक जोडेको थियो । यो संगै सेनाको ६ अंक भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com