२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

काठमाडौँलाई पराजित गरेको विराटनगरले जनकपुरविरुद्ध क्वालिफायर खेल्ने

काठमाडौँ- विराटनगर सुपर किंग्सले नेपाल टी-ट्वान्टी क्रिकेट लिगको दोस्रो क्वालिफायर खेल्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको एलिमिनेटर खेलमा काठमाडौँ नाइट्सलाई ९९ रनले पराजित गर्दै विराटनगरले क्वालिफायर खेल्ने भएको हो ।

विराटनगरले फाइनल प्रवेशका लागि अव जनकपुर रोयाल्सविरुद्ध खेल्नेछ । लुम्बिनी अल स्टार्स भने फाइनल प्रवेश गरिसकेको छ ।

सोमबारको खेलमा १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौँले १२ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ८३ रन मात्र जोड्यो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले १५ तथा लोकेश बमले १३ रन बनाए ।

विराटनगरका लागि सूर्य तामाङले ४ तथा शहाब आलम र केयोन जोसेफले २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन जोड्यो । विराटनगरका लागि कप्तान रोहित पौडेलले ४९ बलमा सर्वाधिक ६१ रनको योगदान गरे ।

विवेक यादवले १८ बलमा अविजित रहँदै समान ३ चौका र ३ छक्का हिर्काएर ४६ रन बनाए । हुसेन तलतले ३८ रन तथा राज नननले २३ रनको योगदान गरे ।

काठमाडौँका लागि कमल ऐरी र अनिल खरेलले समान २-२ विकेट हात पारे । गौतम केसी र अविनाश बोहराले १-१ विकेट लिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com