२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

पुस २७ को बिदा राजाका लागि होइन, देश एकीकरणका नायकका लागि : सचिव भट्टराई

पुस २७ को बिदा राजाका लागि होइन, देश एकीकरणका नायकका लागि : सचिव भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनका रूपमा नभई नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताएका छन् ।

सोमबार संसद् बैठकपछि संसद् बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै सचिव भट्टराईले पुस २७ गते दिने सार्वजनिक विदा पृथ्वीनारायण शाह राजाको जन्म दिनका रूपमा नभएर नेपाल एकीकरण गर्ने एउटा नायकको सम्मान भएको बताएका हुन् । उनले पुस २७ गते धेरै महत्वपूर्ण राष्ट्रिय पर्व भएकाले सरकारले सार्वजनिक बिदा दिन स्वागतयोग्य भएको जिकिर गरे ।

भट्टराईले संसद्‍मा राजनीतिक दलहरूको संख्या सत्ता शक्ति बदलिएको भन्दै सबै राजनीतिक दलहरूसँग सहमति कायम गरेर निजामति विद्येयकलाई अगाडि बढाउने उल्लेख गरे । उनले नागरिकता विधेयकमा धेरै विवाद नभएको भन्दै अघिल्लो सरकारले एमालेसँग सहकार्य र संवाद नगरेका बताए । वर्तमान सरकारले नागरिकता विद्येयक पास गर्न प्रतिपक्ष दलसँग समेत संवाद गर्ने उनको भनाइ छ ।

उनले मेलमिलाप तथा सत्य निरूपन विद्येयक ल्याउँदा प्रतिपक्ष दलहरूलाई सहमतिमा ल्याउने प्रयास गर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com