२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

निर्वाचनको परिणाम सुखद् रहेन : अध्यक्ष तिमिल्सिना

निर्वाचनको परिणाम सुखद् रहेन : अध्यक्ष तिमिल्सिना

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् । दलहरुमाथिनै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाई थियो ।

शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एकदिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरु बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समुदायलाई आग्रह समेत गरे ।

उनले सचेत समुदायले दलहरुलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने पनि स्पष्ट पारे ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुलाई सच्चिन पनि पटक पटक ध्यानाकर्षण गराए । उनले भने, ‘चुनाव सकिन लागेको छ । अब मत गणनाको अन्तिम अवस्थामा गएको छ । लोकतन्त्रमा रोज्न पाउने हो स्वतन्त्र व्यक्ति वा विभिन्न पार्टीहरू पनि । तर जे खालको संकेतहरु आएको छ । त्यो संकेत सुखद् छ त ? कुनै एउटा पार्टी पक्षधरताको कुरा नगरीकन पार्टीप्रतिको असन्तुष्टि त्यो एमालेको, काँग्रेसको, माओवादीको वा अर्को, अर्कोको कुरा होइन । पार्टी होइन स्वतन्त्र । स्वतन्त्र पनि पार्टी भएको छ एउटा । तर, त्यो पार्टी भन्दा पनि स्वतन्त्र भन्ने शब्दका कारण जनमत गएको कि रु स्वतन्त्र हुँदै नहुने भन्ने होइन । विचारमा त्यो पनि हुन्छ । तर बहुदलीय परिपाटी हामीले संघर्ष गरेर यत्रो बलिदानीका साथ ल्याएको यो संघीय लोकतान्त्रिक गणतन्त्रमा बहुदलीयतामाथि नै प्रश्न उठने कुरा किन भइराखेको छ । अब सोच्ने बेला आएको छ । हरेक दलभित्र सोच्नुपर्ने बेला भएको छ ।’

उनले भने, ‘अनि हामीहरू रसातलतिर जाने अनि अरुले राम्रो गरेको छ भनेर कसो होला र । त्यसकारण यहाँहरुजस्तो बौद्धिक व्यक्तित्वहरु, जो देशको हर क्षेत्रमा हुनुहुन्छ । त्यो क्षेत्रबाट देशलाई कसरी अगाडि लैजाने भन्ने बारे सोच्नु पर्दछ । विभिन्न क्षेत्रमा रहेका संस्थाहरुले, व्यक्तिहरुले दलहरुलाई सुशासन, भ्रष्टाचार नियन्त्रण, चुहावट रोक्नका लागि के गर्नुपर्यो ? एउटा सामान्य काम लिएर गएका नागरिकले दुःख पाउने ? धेरै ठूलो माग भएर पनि मानिसको दलहरुप्रति असन्तुष्टि छैन । सानो सानो कुरा पनि किन डेलिभरी भइरहेको छैन रु मैले भन्यो भने पनि बायस हुन्छ । दलहरुलाई अब तिमीहरूको सिंगो दलको भविष्यप्रति पनि घण्टी बजेको भन्नुपर्यो नि । त्यस हिसाबले भन्ने गरी तपाईंहरु विना आग्रह पार्टीमा लाग्नुपर्छ तपाईहरु जस्तो सचेत व्यक्तिहरू । सचेत व्यक्तिहरूको दवावले नै नेताहरू, पार्टीहरूमा करेक्सन हुने हो । त्यसरी मात्रै हाम्रो संघीयता, लोकतन्त्र र गणतन्त्र बलियो हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढन ढिलाई गर्न नहुने बताए । त्यस अवसरमा उनले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको खुलेर प्रशंसा समेत गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com