२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

र्‍यापर निर्णयको कार्यक्रमको २४ औँ वार्षिकोत्सव मनाइयो

र्‍यापर निर्णयको कार्यक्रमको २४ औँ वार्षिकोत्सव मनाइयो

इमेज एफ.एम. ९७.९ मेगाहर्जमा निरन्तर्ताका साथ कार्यक्रम प्रसारणमा रहेका र्‍यापर निर्णय श्रेष्ठ एनएसकेको कार्यक्रम ‘ब्रिङ द हाउस डाउन विथ निर्णय एनएसके’ को २४ औँ वार्षिकोत्सव मनाइएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रतिनिधिसभा सांसद इन्दिरा राना मगरले गरेकी हुन् ।

सांसद मगरले आफू र आफ्नो परिवार निर्णयको फ्यान भएको सुनाइन् । उनले निर्णयसँग विभिन्न समाजसेवामा हातेमालो गरेको स्मरण समेत गरिन् । इमेजका सिइओ डा। महेन्द्र विष्टले निर्णयको २४ वर्षको सेवाको प्रशंसा गर्दै त्यसको निरन्तरताको शुभकामना दिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरि गोपाल प्रधानले दोसल्ला र फूलमाला पहिराई शुभकामना दिएका थिए । कार्यक्रमका अर्का अतिथि सामाजिक अभियन्ता सुमन सायमीले निर्णयको गीत सानै देखि सुनेको बताउँदै उनको समाजसेवाको प्रशंसा गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com