२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

फ्रान्सका गोलरक्षक ह्युगोको सन्‍न्‍यास घोषणा

फ्रान्सका गोलरक्षक ह्युगोको सन्‍न्‍यास घोषणा

काठमाडौँ । फ्रान्स राष्ट्रिय फुटबल टिमका गोलरक्षक ह्युगो ललोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्‍न्‍यास लिएका छन् । गत डिसेम्बरमा फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनासँग फ्रान्सले पेनाल्टी सुटआउटमा पराजित भएको केही हप्तापछि ह्युगोले सन्‍न्‍यासको घोषणा गरेको बीबीसीले जनाएको छ ।

इंग्लिस क्लब टोटेनहमका कप्तान समेत रहेका ३६ वर्षीय ह्युगोले सन् २०१८ मा फ्रान्सलाई कप्तानको रुपमा विश्वकपको उपाधि दिलाएका थिए । युरोकपको छनोट सुरु हुन केही समय बाँकी छदाँ ह्युगोले सन्‍न्‍यास लिएका हुन् ।

२०२४ को युरो कपको छनोट अन्तर्गत फ्रान्सले जिब्रराल्टार, ग्रिस, नेदरल्यान्ड्स र आयरल्यान्डको सामाना गर्नेछ ।

ह्युगोले सन् २००८ मा फ्रान्सका लागि डेब्यु गर्दै १ सय ४५ खेल खेले । कतार विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दा उनी गोलरक्षक थिए । उनले फ्रान्सका लागि कीर्तिमानी १ सय २१ खेलमा कप्तानको भूमिकामा निर्वाह गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com