२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कांग्रेस सरकारमा सहभागी हुँदैनः पौडेल

कांग्रेस सरकारमा सहभागी हुँदैनः पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

बुधबार पृथ्वी जयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । वरिष्ठ नेता पौडेलले ५ वर्ष भित्र मुलुकमा धेरै ठूलो विकासमा फड्को मार्नेगरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न आफनो पार्टीले विश्वासको मत दिएको बताए ।

उनले नेपाल राष्ट्रलाई एकीकरण गर्नु भएका पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुशी र गौरवको विषय भएको समेत बताए । उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको स्मरण गर्दै घुस लिने र दिने अपराध कर्मको अन्त्य गरी भ्रष्टाचारमुक्त देश बनाउन दलहरुले मिलेर काम गर्नुपर्ने बताए । वरिष्ठ नेता पौडेलले भने, ‘अव राष्ट्र बनाउन, राष्ट्र बचाउन राष्ट्रिय एकताको आवश्यकता छ भनेर मैले भन्दै पनि आएको थिएँ । र, त्यही अनुसारको अभ्यास हामी गर्दै पनि छौं । आज राष्ट्रिय एकता दिवस पनि प¥यो । आज यो नेपाल राष्ट्रलाई एकीकरण गरेर हामीलाई नेपाली बन्नलाई एउटा अवसर दिने बडामहाराजा पृथ्वीनारायण शाहको त्यो जन्मदिवस हामी मनाईरहेका छौं । यो अत्यन्त खुशी र नेपालीका लागि गौरवको विषय हो । ’

वरिष्ठ नेता पौडेलले मुलुकलाई दलदलमा फसाउन नहुनेमा पटक पटक जोड दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com