२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

एकीकृत समाजवादीमा प्रवेश गरे घनश्याम भुसाल

एकीकृत समाजवादीमा प्रवेश गरे घनश्याम भुसाल

जनसेवा न्युज डटकम संवाददाता

नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गरेका वामपन्थी नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिष्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताएका छन्।

एकीकृत समाजवादीमा प्रवेशका लागि आयोजित कार्यक्रममा सम्बोधन गर्दै भुसालले एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गरे।

‘एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत एकीकृत समाजवादीसँगै छ। अब ओलीवादले धराशायी बनाएको कम्युनिष्ट आन्दोलन समाजवादीले नै अघि बढाउँछ,’ भुसालले भने।

एमालेले संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवादलाई ध्वस्त बनाएको भुसालले बताए।

‘ओलीवादकै आडमा संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवादलाई ध्वस्त बनाइयो,’ भुसालले भने, ‘ओली विचार, ओली सिद्धान्त र ओली संगठनले धराशायी बनाएको कम्युनिष्ट आन्दोलनाई अब समाजवादीले सबल बनाउँछ।’

मंसिर ४ को चुनावमा एकीकृत समाजवादीले समानुपातिकतर्फ ३ लाख मत ल्याउनु चानचुने कुरा नभएको पनि भुसालले तर्क गरे।

नेकपा एमालेका पूर्वउपमहासचिव भुसालले मंसिरको चुनावमा टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए। रूपन्देही-१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका भुसाल पराजित भएका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com