२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नबिल बैंकको ३८औं सभाले पारित गर्‍यो ३० प्रतिशत लाभांश दिने प्रस्ताव

नबिल बैंकको ३८औं वार्षिक साधारण सभा आज (शुक्रबार) सम्पन्न भएको छ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरण सभाले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकका अनुसार ३८ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले यसवर्ष पनि ‘क’ वर्गको बैंकहरूमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ।

साथै सभाले संस्थापक सेयरधनी समूहतर्फका तीन पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालकमा निर्वाचित गरेको छ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ मुनाफा हासिल गर्न सफल भएको छ।

समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपछि बैंकको चुक्ता पुँजी २७ अर्ब रुपैयाँ नाघेको छ।

बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए।

उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता गरे।

बैंकले स्थापना कालदेखि हालसम्म १९ अर्ब रुपैयाँभन्दा बढी रकम करको रूपमा देशको राजस्वमा योगदान गरिसकेको बताएको छ।

बैंकले २४० वटा शाखा, २७५ वटा एटिएम र ८ वटा रेमिट एजेन्टका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com