२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

सनराइज बैंकले ल्यायो ‘सनराइज दोब्बर मुद्दती’ योजना

सनराइज बैंकले ल्यायो ‘सनराइज दोब्बर मुद्दती’ योजना

 

काठमाडौं । नौलो र समय सापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सनराइज बैंकले सनराइज दोब्बर मुद्दती योजना   ल्याएको छ । आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु १००,००० जम्मा गरी मुद्दती खाता खोल्न सक्नेछन् ।

यो योजना अन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सकिने छ । मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिनपनि सकिनेछ । यस्तै विशेष सुविधाहरूमा ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिएको साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्क समेत मिनाहा गरिएको छ ।

यसै गरी ग्राहकहरुलाई सँधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिदै हरेक बचत खाता स्वास्थ्य बीमा प्रदान गर्दै आएको छ । साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथदिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई रु ५ लाख सम्मको घातक रोग खर्च रु १०,००० सम्मको प्रशुतिखर्च समेत प्रदानगर्दै आएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए।टि।एम र ९० वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदानगर्दै आइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com