२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशतभन्दा माथि हुन्छ : वरिष्ठ आर्थिक सल्लाहकार उप्रेती

नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशतभन्दा माथि हुन्छ : वरिष्ठ आर्थिक सल्लाहकार उप्रेती

 

काठमाडौं । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा। सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेको भन्दा बढी हुने बताएका हुन् ।

उनले अहिले मुलुकको अर्थतन्त्रसही दिशामा रहेको बताए । आर्थिक सल्लाहकार उप्रेतीले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फितिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने दावी समेत गरे । उनले कोरोना महामारीपश्चात् बैंक तथा वितीय संस्थाहरुबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए ।

मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरेपनि केही समय अगाडि ३८ प्रतिशतसम्म पुगेको बताए । निर्यात भन्दापनि आयात एक्कासी रुपमा ह्वात्तै बढेकाले बाह्य क्षेत्रमा दबाब परेको उनको भनाइ छ । आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यबृद्धि हुने अनुमान भएपनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यबृद्धि भएको उल्लेख गरे ।

उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि, उत्पादन रोजगारीमा केन्द्रित हुने बताए । उनले बाह्य क्षेत्रमा सन्तुलनमा ल्याउनको लागि भएपनि अबको बजेटमा कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्र केन्द्रित हुनु आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले यस वर्षको नीति तथा कार्यक्रम बजेटमा केही फन्डामेन्टल पक्ष आधारभूत नीतिगत व्यवस्थालाई पुनरविचार गर्न पर्ने आवश्यकता आएको छ । अब देश संधै आयातमा निर्भर भएर चल्नेवाला छैन । उत्पादन सँगै रोजगारी देशभित्र नै सिर्जना गर्न सकिएन भने समृद्धिको सपना पूरा गर्न सकिदैन । विल्कुलै सकिदैन । त्यसैले अबको कार्यक्रममा आफ्नै तुलानात्मक लाभका क्षेत्रहरु छन् । तीनीहरुको गहिरो रुपमा अध्ययन गरेर व्यापक ध्यान दिनुपर्छ ।’

उनले थपे, ‘यस्तो बजेट बनाउन आवश्यकता छ । हाम्रो अहिले अर्थतन्त्रमा सबै कुरा एक किसिमले ठीक ठाक जस्तै देखिन्छ । तर, दुईवटा चाप अलि बढी नै छ । कोरोना महामारीमा सुस्त रहेको अर्थतन्त्र कोरोना महामारीपछि अर्थतन्त्र चलायमान भयो । विश्वमा कोरोना महामारीपछि नेपालको अर्थतन्त्रमा तिव्र रुपमा चलायमान भयो । तीन महिनाअघि नै ९८ प्रतिशत उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आए । देशको अर्थतन्त्रभन्दा नेपाल छिट्टै पुनरुत्थानको गतिमा गयो, त्यसले केही वाह्य क्षेत्रमा दबाब पुग्यो, अर्थतन्त्र ९९ प्रतिशत अलायमानमा गइसकेको छ । एकैपटक चलायमान हुन खोज्दा बाह्य क्षेत्रमा दबाब देखिएको छ ।’

उनले फेरि भने, ‘कृषि क्षेत्रमा हामी खस्किदै गएका छौं, गत वर्ष ३ खर्ब २५ अर्बको कृषिजन्य वस्तुको आयात भएको थियो, यो समस्या नै हो, अब कृषिमा फरक नीति र कार्यक्रम हुनै पर्छ, उत्पादनमा आधारित अर्थतन्त्र नीति अगाडि बढाएर रोजगारीलाई सपोर्ट गर्ने कार्यक्रम ल्याउनै पर्छ, बजेट यिनै क्षेत्रमा प्राथमिकतामा राखेर आउँछ । हाम्रो आर्थिक वृद्धिदर ५.८४ होइन त्यो भन्दा बढेर ६ प्रतिशत भन्दा माथि जान्छ । अहिलेको अर्थतन्त्रले हामीले उत्पाहित बनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com