२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

बालकद्वारा शिक्षिकामाथि गोली प्रहार : बन्दुकबारेमा गराइएको थियो सचेत

न्युयोर्क- भर्जिनिया स्कुलमा गत साता आफ्नो शिक्षकलाई गोली हानेको कथित रूपमा बच्चासँग हतियार हुन सक्ने भनेर गोली चलाउनु अघि त्यहाँका एक कर्मचारीलाई सचेत गरिएको बताइएको छ । गत साता ६ वर्षीय बालकले आफ्नै शिक्षकलाई विद्यालयमा गोली हानेका थिए ।

सचेतपछि बालकको झोला खोजियो तर कुनै हतियार फेला परेन, रिचनेक इलिमेन्टरी स्कूलका सुपरिटेन्डेन्ट जर्ज पार्करले अभिभावकलाई बताए । प्राथमिक कक्षाकी शिक्षिका अबिगेल ज्वेर्नरलाई बालकले ‘जानाजानी’ गोली हानेको प्रहरीले बताएको थियो । शिक्षिकालाई गम्भीर चोट लागेको थियो ।

उनले आमाको बन्दुक प्रयोग गरेको प्रहरीले जनाएको छ । सो गोलीकाण्डले न्यूपोर्ट न्यूज सहरलाई त्राहिमान बनाएको छ । बालकले हतियार लुकाएका थिए वा किन अधिकारीहरूले झोलामा फेला पारेनन् भन्ने विद्यालय प्रमुख पार्करले स्पष्ट पारेका छैनन् । एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com