२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ दलबीच कुनै समस्या छैन : प्रधानमन्त्री

मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ दलबीच कुनै समस्या छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार केही दिनमा नै हुने बताएका छन् । सत्ता मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलबीच कुनै समस्या नरहेको दाबी गरेका हुन् । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सत्ता साझेदार दलको समझदारीमा समस्या छैन । मन्त्रिपरिषद्बारे टुङ्ग्याउन कठिन छैन । हामी सहमतिको नजिक छौँ ।’

उनले आफूले भन्नुपर्ने कुरा सबै भनिसकेको बताउँदै अब गर्न मात्र बाँकी रहेको जिकिर गरे । डेलिभरी दिएरमात्र परिवर्तनको वैधता रहने उनले स्पष्ट पारे । यता देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेकोमा प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरेका छन् । उनले आफू अर्थतन्त्रलाई सहजीकरण गर्ने विषयमा केन्द्रित भएको पनि बताए । ‘उनले भने, ‘अर्थ मन्त्रालय र राष्ट्र बैंक बीचमा अप्ठ्यारो स्थिति थियो । मैले अर्थमन्त्री र गभर्नरलाई बोलाएर समस्या समाधानका लागि पहल गरेको छु । उनले निजी क्षेत्रमा अब केही हुन्छ भन्ने आत्मविश्वास जागेको पनि दाबी गरे । ‘केन्द्रीय मुद्दामा सहमति जुटाएपछि बल्ल चुनौति छिचोलिन्छ,’ उनले थपे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com