२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

योगलाई आत्मसात् गर्न सके मात्र मानिस सन्तुष्ट हुन सक्छ : प्रधानमन्त्री प्रचण्ड

योगलाई आत्मसात् गर्न सके मात्र मानिस सन्तुष्ट हुन सक्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगलाई आत्मसात् गरे मात्र मानिस खुसी हुन सक्ने बताएका छन् ।आठौँ राष्ट्रिय योग दिवसका आवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भौतिक विकासले मात्र मानिस जातीको रक्षा गर्न नसक्ने बताए । उनले भने-‘भौतिक विकासले मात्र मानिस खुसी हुन सक्दैन, भौतिक सँगै आध्यात्मिक र मनोवैज्ञानिक रूपमा सबल हुन सके मात्र जीवन सार्थक बनाउन सकिन्छ । ‘

योको आवश्यकताबारे नेपाल सरकारले शिक्षाका माध्यमबाट जनमानसमा पुर्‍याउने काम गर्ने प्रचण्डले प्रतिबद्धता पनि जनाए । योग शिक्षा र साधनालाई विद्यालय स्तरबाटै प्राथमिकता दिन आवश्यक रहेको उनको भनाइ थियो ।

पछिल्लो समय विभिन्न किसिमका भाइरसहरूको उत्पत्ति भइरहेको सन्दर्भमा रोगलाई रोक्ने सर्वोत्तम उपाय पनि योग हो भन्ने कुरा भुल्न नहुनेमा उनले जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले संसारका विकसित भनिएका मुलूकहरूसमेत भौतिक रूपमा सम्पन्न भए पनि मनोवैज्ञानिक रूपमा तनावमा भएको देखेको छु। त्यसैले हामीलाई भौतिक सम्पन्नताले मात्र पुग्दैन, मानसिक र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन पनि योग र ध्यान अति आवश्यक छ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com