२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

शव पहिचान गर्न काठमाडौँबाट २ जना फरेन्सिक विज्ञ पोखरामा

शव पहिचान गर्न काठमाडौँबाट २ जना फरेन्सिक विज्ञ पोखरामा

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौं । यती एयरको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान गर्न काठमाडौँबाट दुई जना फरेन्सिक विशेषज्ञ पोखरा पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार फरेन्सिक विशेषज्ञ डा। गोपाल चौधरी र डा। समारिका दाहाल पोखरा गएका हुन् ।

घटनास्थलबाट संकलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन । संकलन गरिएको ३९ शव पुरुषको र २५ शव महिलाको पहिचान भएको छ । शव पहिचान गर्न र पोस्टमार्टमका सहयोग गर्न काठमाडौँबाट विशेषज्ञ चिकित्सक पोखरा गएका हुन् ।

पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ९गण्डकी अस्पताल०का ५ जना र काठमाडौँबाट गएका दुई जना विशेषज्ञले शव पहिचान सँगै पोस्टमार्टम गरिरहेका छन् । पहिलो चरणमा १४ जनाको पोस्टमार्टम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।

एसपी केसीका अनुसार अहिलेसम्म ४२ जना मृतकको सनाखत गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com