२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

नेपाल पाइलटका लागि चुनौती

नेपाल पाइलटका लागि चुनौती

पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२-५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन्। नागरिक उड्डयन प्राधिकरण २०७६ को सुरक्षा प्रतिवेदनअनुसार नेपालका पहाड विमान चालकका लागि ठूलो चुनौतीका विषय हुन् । यस अतिरिक्त मौसम, व्यवस्थापन, यान्त्रिक गडबडी पनि दुर्घटनाका कारण बन्ने गरेका छन् ।

प्राधिकरणको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल समुद्र सतहभन्दा १ हजार २ सय ३८ मिटर माथि छ । नेपालमा विमानहरूलाई मोड्नका लागि धेरै कम स्थान मिल्छ । नेपालको पूर्वोत्तरस्थित लुक्लाको विमानस्थल विश्वकै सबैभन्दा खतरनाक विमानस्थलमध्ये एक मानिन्छ । यस विमानस्थललाई सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ। विमानस्थलको रनवे पहाडहरूबीचको एक चट्टानलाई काटेर बनाइएको हो । लुक्ला हवाई अड्डाको रनवेको एक छेउमा विशालकाय पहाड र अर्कोतिर खाँच रहेको छ । यस्तोमा केवल अल्ट्रा ट्रेन्ड पाइलटहरूले मात्रै विमान अवतरण गर्न सक्छन् र उनीहरूलाई मात्रै विमान चलाउन दिइन्छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com