आज विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री सरोजकुमार यादव
आज विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री सरोजकुमार यादव
जनसेवा न्युज डटकम संवाददाता
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन्।
बुधबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।
यादव जसपा संसदीय दलका नेता हुन्। उनलाई मुख्यमन्त्री हुँदा सत्ता साझेदार दलहरूका ७२ जना सांसदले सहयोग गरेका थिए।
मधेस प्रदेशमा १०५ जना सांसद छन्।
मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई समर्थन नगरेको नेपाली कांग्रेसले पनि आज विश्वासको मत दिने सम्भावना छ। कांग्रेसका २२ जना सांसद छन्।
मधेसको मुख्यमन्त्रीमा जसपा र जनमत पार्टीबीच आलोपालो हुने समझदारी बनेको थियो।