२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सुनसरीको बराहक्षेत्रमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सुनसरीको बराहक्षेत्रमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

धरान । हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ ।

वडा नं ५ का स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जङ्गलमा घाँस काट्न गएका माझीलाई मंगलबार बिहान ११ बजे हात्तीले आक्रमण गरी मारेको वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिए ।

एक महिनादेखि धरान र बराहक्षेत्र नगरबीचको चारकोसे जङ्गलमा ठूलो समूहमा हात्ती आएर बस्दै आएका छन् । रातको समयमा हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीयवासी बताउँछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीयवासी भेला भएर एकै स्थानमा बस्दै आएका छन् । अठ्ठाइस वटासम्म हात्ती आफूले देखेको स्थानीयवासी महेन्द्र कार्कीले बताए।

बराहक्षेत्र नगरपालिका–३ का वडाध्यक्ष राजदीप लामाका अनुसार बराहक्षेत्रका वडा नं १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरिया, बीच पानी, विशाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदै आएको छ । वडा नं ३ मा हालसम्म दुई वटा घरमा क्षति पुर्‍याएको वडाध्यक्ष लामाले बताए । यी क्षेत्र जङ्गलसँग जोडिएको छ । वडा नं १, २, ३ र ५ मा जङ्गलसँग जोडिएका घना बस्ती पर्छ । सोही क्षेत्रमा हात्तीको त्रास रहेको छ । यी क्षेत्रका बासिन्दा रातभरि हात्ती खेदाउन जाग्राम बस्छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com