२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

एमालेनिकट राष्ट्रिय युवा सङ्घको महाधिवेशन चैतमा

एमालेनिकट राष्ट्रिय युवा सङ्घको महाधिवेशन चैतमा

काठमाडौ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने निर्णय गरिएको छ । युवा सङ्घको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष किरण पौडेलले जानकारी दिए । यसअघि युवा सङ्घको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ मा बुटवलमा भएको थियो ।

त्यसयता सहमतिको आधारमा पार्टीले युवा सङ्घको केन्द्रीय कमिटी बनाउँदै आएको थियो । बुटवलमा भएको महाधिवेशनमा महेश बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि सहमतिको आधारमा निरु पाल, राजिव पहारी, रमेश पौडेल र बचनबहादुर सिंह युवा सङ्घको अध्यक्ष भए ।

महाधिवेशनका लागि आगामी फागुन महिनाभित्र जिल्ला, पालिका र वडास्तरको अधिवेशन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष पौडेलले बताए। महाधिवेशनका लागि अध्यक्ष पौडेलको संयोजकत्वमा महाविधेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

बैठकले पार्टी र सङ्घको हितविपरीत काम गर्ने पाँच जनालाई निष्काशन गरेको छ । महाधिवेशनको तयारीका लागि सङ्घको केन्द्रीय बैठक आगामी माघ १९ र २० गते गर्ने निर्णय गरिएको छ ।

यसअघि अनेरास्ववियु र अखिल नेपाल महिला सङ्घले राष्ट्रिय अधिवेशनको मिति तोकिसकेको छ । एमालेको जनसङ्गठनको यही पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको भेलाले जनसङ्गठनको राष्ट्रिय अधिवेशन÷सम्मेलन चैत मसान्तभित्र गर्ने निर्णय गरेको थियो ।

एमालेको आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com