२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

उपप्रधानमन्त्री लिङ्देनबाट ८३औँ पटक रक्तदान

उपप्रधानमन्त्री लिङ्देनबाट ८३औँ पटक रक्तदान

काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३औँ पटक रक्तदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आज शङ्खमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उनले ८३औँ पटक रक्तदान गरेका हुन् ।

राप्रपाका अध्यक्षसमेत रहेका लिङ्देनले आफू किशोरावस्थादेखि रक्तदान गर्न थालेको बताउँदै नजिकमा रक्तदान कार्यक्रम देखेपछि समारोह स्थलमा प्रवेश गरेर रक्तदान गरेको स्मरण गरे । रगतको आवश्यक पर्ने बिरामीलाई जीवन भर्न रक्तदाताको कार्यले सहयोग पुग्ने उनको भनाइ थियो ।

युवा सङ्गठनका संयोजक राजेश भट्टराईले सामाजिक उतरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पार्टीका वरिष्ठ अध्यक्ष रवीन्द्र मिश्र सहभागी भएको कार्यक्रममा अध्यक्ष लिङ्देनले हालसम्म १७२औँ पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com