२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा सन्दुक रुइतले प्रधानमन्त्री दाहालसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि प्रधानमन्त्री दाहालले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

ुतिलगङ्गा अस्पताललाई विश्वविद्यालयका रूपमा विकास गर्न अत्यन्तै सकारात्मक छु, उनले भने, यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ ।

भेटका अवसरमा प्रधानमन्त्री दाहालले मानवीय सेवाका लागि डा रुइतले हालै मात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शिर उच्चो राखेको बताए ।

ुयो अवार्डले देशकै सम्मान बढाएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ, उनले भने, मानवीय सेवाका लागि तपाईँको योगदानको कदर देशकै कदर हो ।

प्रधानमन्त्री दाहालले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

भेटका अवसरमा डा रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमूना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागि नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे जानकारी गराएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com