२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

विश्वकपको टिकट हिनामिनाको विषयमा एन्फा अध्यक्षलाई पत्र

विश्वकपको टिकट हिनामिनाको विषयमा एन्फा अध्यक्षलाई पत्र

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य रुपेश अधिकारीले कतार विश्वकपका क्रममा टिकट हिनामिना भएको भनिएको विषयमा प्रस्ट पार्न पत्र पठाएका छन् ।

विश्वकप फुटबलको टिकट वितरणका विषय विभिन्न सञ्चारमाध्यममा आइरहेकामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई पत्र पठाएका हुन् ।

अधिकारीले फिफाबाट कति थान टिकट कुन कुन खेलका लागि प्राप्त भएको हो र उक्त टिकट कसलाई कुन आधारमा बितरण गरियो भन्नेबारे प्रष्ट पार्न माग गरेका छन् । उनले २०७९ कार्तिक २९ गते कार्यसमिति बैठकबाट निर्णय भए बमोजिम वितरण भएको हो कि हैन भन्ने विषयमा पनि जानकारी माग गरेका छन् ।

त्यस्तै उनले एएफसीलाई कति र किन टिकट दिइएको हो भन्ने विषयमा समेत जानकारी गराउन आग्रह गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com