२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

किन परेनन् सन्दीप प्रारम्भिक टिममा ? यस्तो छ क्रिकेट संघको जवाफ

किन परेनन् सन्दीप प्रारम्भिक टिममा ? यस्तो छ क्रिकेट संघको जवाफ

१३ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले पूर्व कप्तान सन्दीप लामिछाने अझै निलम्बनमा रहेका कारण प्रारम्भिक टिममा नपरेको स्पष्ट पारेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि क्यानले बोलाएका २८ जना खेलाडीको सूचिमा लामिछानेको नाम छैन ।

क्यानका सचिव प्रशान्त विक्रम मल्लले लामिछाने हालसम्म पनि क्यानको निलम्बनमा नै रहेका कारण उनको नाम प्रारम्भिक टोलीमा नराखेको बताएका छन् । उनले भने,‘सन्दीप जेल मुक्त भए पनि हालसम्म उनी एक निलम्बित खेलाडी हुन । उनको बारेमा हामीले सरकारी वकिलको कार्यलय राष्ट्रिय खेलकुद परिषद (राखेप) तथा महान्याधिवक्ताको कार्यलयमा राय सुझावको लागि पत्र पठाएका छौं । उताबाट आउने जवाफमा पर्खाइमा छौं’, मल्लले भने ।

सचिव मल्लका अनुसार १७ गते बस्ने क्यानको बोर्ड बैठकले सन्दीपको बारेमा निर्णय गर्नेछ । मल्लले भने, ‘उनले राष्ट्रिय टिमबाट खेल्न मिल्ने भन्ने निष्कर्ष सरकारी वकिल तथा राखेपबाट आएमा उनलाई प्रशिक्षणमा बोलाउँछौं ।’

उनका अनुसार राष्ट्रिय खेलकुद परिषदबाट कस्तो खालको राय सुझाव आउँछ सोही अनुसार बोर्ड बैठकले सन्दीपको बारेमा निर्णय गर्ने बताए । भने, ‘राखेपको सुझाव सकरात्मक आएको खण्डमा उनलाई निलम्बन फुकुवा गरि बन्द प्रशिक्षणमा बोलाउँछौं ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com