२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठित गर्न जरुरी छ : वैद्य

कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठित गर्न जरुरी छ : वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठित गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा इन्द्रमोहन सिग्देलद्वारा लिखित विचारधारात्मक संघर्ष पुस्तकको परिचर्चा कार्यक्रममा महासचिव वैद्यले कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढगले संगठित गर्न जरुरी रहेको बताएका हुन् । उनले कठिन संघर्षका बीचबाट कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नु बेला आएको पनि धारणा राखे ।

उनले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन विभिन्न शक्तिसँग एकताको कुरा भए पनि विप्लव नेकपा भने एकताबाट पछि हटेको जिकिर गरे ।

नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका सिग्देलद्वारा लिखित पुस्तकमा पछिल्लो अवधिमा लेखिएका तीन दर्जन जति आलेखहरूलाई विचार, राजनीति, अर्थराजनीति, सङ्गठन, राष्ट्रिय स्वाधीनता, अन्तर्राष्ट्रिय तथा विविध जस्ता भागहरूमा वर्गीकरण गरी समावेश गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com