२०८१ बैशाख १ - Sat Apr, 2024 -

Janasewa News

हिरो बन्न २४ लाख गायत्री मन्त्र जपेका थिए गोविन्दाले

हिरो बन्न २४ लाख गायत्री मन्त्र जपेका थिए गोविन्दाले

एजेन्सी मुम्बई । बलिउडका ‘राजा बाबू’ अर्थात् गोविन्दाले आफ्नो स्टारडमका कारण बलिउडमा कुनै समय सबैलाई हैरान बनाएका थिए । एक समय यस्तो थियो कि गोविन्दाको नामले नै फिल्म सुपरहिट हुन्थ्यो । ठूला स्टार पनि गोविन्दाको अगाडि आफ्नो फिल्म रिलिज गर्न डराउँथे ।

गोविन्दाले आफ्नो करियरको सुरुवात सन् १९८६ मा रिलिज फिल्म ‘इल्जाम’बाट गरेका थिए । उनको सोही वर्ष अर्को फिल्म ‘लव डट’ रिलिज भयो । दुवै फिल्म बक्सअफिसमा सुपरहिट भयो । यद्यपि सन् १९९२ मा रिलिज फिल्म ‘शोला और शबनम’ले गोविन्दाले कमेडी किंगको पदक नै पाए । आफ्नो करियरमा १ स्य ६५ भन्दा बढी फिल्ममा अभिनय गरेका गोविन्दाले कम उमेरमै सफलता पाए । उनी जहिल्यै आमालाई यसको श्रेय दिन्छन् ।

गोविन्दाका अनुसार उनले केवल १४ वर्षकै उमेरमा २४ लाख गायत्री मन्त्रको जप गरेका थिए । ‘मैले जे पाएँ, आमा बाबुको आशीर्वादबाट पाएँ । खास रुपमा आमाको नाम यसकाण लिन्छु कि जब म १४ वर्षको थिएँ । त्यो बेला आमाले मलाई गायत्री उपासना गर्नु भन्नुभयो । मैले २४ लाख गायत्री उपासना गरें । म कहिल्यै हिरो देखिन्न थिएँ । तर गायत्री मन्त्र जपेपछि म हिरो देखिन थालें’, उनले भनेका छन् ।

गोविन्दाले मात्र २२ वर्षको उमेरमा एकसाथ ५० फिल्म साइन गरेका थिए । यस्तो घटना मुम्बई फिल्म उद्योगमा कहिल्यै भएन । यति धेरै फिल्म साइन गरेपछि गोविन्दालाई लिएर एक पत्रिकाले कभर स्टोरी गरेको थियो, जसमा उनलाई ‘सुनको अण्डा दिने कुखुरी’ भनिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com