२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सामसुङले ल्यायो २०० मेगापिक्सेल क्यामरासहितको ग्यालेक्सी एस २३ सिरिज, के के छन् फिचर्स ?

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी २३ स्मार्टफोन सिरिज लञ्च गरेको छ । ग्यालेक्सी एस २३ सिरिजमा शक्तिशाली क्यामेराका साथै उत्कृष्ट गेमिङ फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको खस्किँदो आर्थिक अवस्था तथा स्मार्टफोनको मागमा आइरहेको गिरावटका बीच सामसुङले आफ्नो नयाँ फ्लागशिप ग्यालेक्सी २३ सिरिजका तीनवटा मोडेल सार्वजनिक गरेको हो ।

जसअन्तरगत आधारभूत मूल्यको ग्यालेक्सी एस २३, केही महंगो मूल्यको ग्यालेक्सी एस २३ प्लस र उक्त सिरिजमा सबैभन्दा महंगो ग्यालेक्सी एस २३ अल्ट्रा छन् ।

ती मध्ये एस २३ को मूल्य ७ सय ९९ डलर तोकिएको छ भने एस २३ प्लसको मूल्य १ हजार डलर छ । त्यस्तै एस २३ अल्ट्राको मूल्यभने १२ सय डलर तोकिएको छ ।

यी तिनवटै फोनको अन्तर्राष्ट्रिय बजारमा बुधबारदेखि नै प्रि अर्डर सुरु भएको छ भने फेब्रुअरी १७ देखि बजारमा उपलब्ध गराइनेछ ।

सामसुङको ग्यालेक्सी एस २३ सिरिजले एप्पलको आइफोन १४ सँग सिधै प्रतिस्पर्धा गर्नेछ । एप्पलले गत सेप्टेम्बरमा आइफोन १४ बजारमा ल्याएको थियो ।

सामसुङले सामान्यतया हरेक वर्षको पहिलो अर्धवार्षिक अवधिमा ग्यालेक्सी एस मोडेल र दोश्रो अर्धवार्षिकमा ग्यालेक्सी जेड मोडेलका स्मार्टफोन सार्वजनिक गर्ने गरेको छ ।

ग्यालेक्सी एस २३ मा के के छन् फिचर्स ?

नयाँ सिरिजका स्मार्टफोनमा क्यामरा फिचर्समा आमूल सुधार गरेको सामसुङको भनाइ छ । ग्यालेक्सी एस २३ अल्ट्रामा २ सय मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । उक्त उच्च क्षमतायुक्त adaptive pixel  सेन्सरले कम प्रकाश भएको ठाउँमा पनि प्रष्ट, चम्किलो तथा विस्तृत तस्वीर खिच्न सक्नेछ ।

Lowlight photography  का लागि उपयुक्त भनिएको यो फोनमा क्यामरालाई शक्तिशाली बनाउनका लागि सामसुङले क्वालकोमसँगको सहकार्यमा तयार गरेको आफ्नै चिपसेट प्रयोग गरेको छ भने आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको पनि प्रयोग गरिएको छ ।

ग्यालेक्सी एस २३ अल्ट्रामा astro hyperlapse  नाम भिडियो फिचर पनि रहेको छ । यो फिचरको माध्यमबाट प्रयोगकर्ताले ताराहरुको चाल जस्तै निश्चित समयको अन्तरका चल दृश्य खिच्न सक्नेछन् र त्यसका लागि अरु कुनै विशेष उपकरणको आवश्यकता पर्नेछैन ।

सामसुङका नयाँ स्मार्टफोनमा गेमिङ क्षमता पनि उच्च रहेको छ । यसको शक्तिशाली ब्याट्रीका कारण प्रयोगकर्ताहरुले स्मार्टफोनमा लामो समयसम्म गेम खेल्न सक्नेछन् । एस २३ अल्ट्रामा ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री छ । त्यस्तै एस २३ प्लसमा ४ हजार ७ सय र एस २३ मा ३ हजार ९ सय मिलिएम्पियर आवरको ब्याट्री छ । त्यस्तै Snapdragon 8 Gen 2 प्रोसेसर रहेको छ ।

एस २३ अल्ट्रा विभिन्न तीनवटा स्टोरेज अप्सनमा उपलब्ध छ । सबैभन्दा महंगो मोडेलमा १२ गिगाबाइटको र्याम र १ टेराबाइटको मेमोरी उपलब्ध छ । दोश्रोमा १२ जिबीको र्याम र ५१२ जिबीको मेमोरी छ भने तेश्रोमा १२ जिबीको र्याम र २५६ जिबीको मेमोरी रहेको छ ।

त्यस्तै ग्यालेक्सी एस २३ प्लसमा एउटा मोडेल ८ जिबीको र्याम र २५६ जिबीको मेमोरी तथा अर्को मोडेल ८ जिबी र्याम र ५१२ जिबी मेमोरीयुक्त छ ।

त्यस्तै आधारभूत ग्यालेक्सी एस २३ मा चाहीँ ८ जिबी र्याम र १२८ जिबी मेमोरी भएको सस्तो मोडेल तथा ८ जिबी र्याम र २५६ जिबी मेमोरी भएको महंगो मोडेल उपलब्ध छ ।

स्मार्टफोनसँगै सामसुङले ग्यालेक्सी बुक थ्री ल्यापटप सिरिज पनि सार्वजनिक गरेको छ । यसमा १६ इन्च एमोलेड स्क्रिन सहितको अल्ट्राथिन मोडेल रहेको छ । ग्यालेक्सी बुक टू भने केवल २ वटा मोडेलमा आएको छ ।

– एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com