२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

दुई मिनेटको अन्तरमा २ गोल गर्दै रियल मड्रिडले भ्यालेन्सियालाई हरायो

दुई मिनेटको अन्तरमा २ गोल गर्दै रियल मड्रिडले भ्यालेन्सियालाई हरायो

२० माघ, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले दश खेलाडीमा समेटिएको भ्यालेन्सियालाई २–० ले पराजित गरेको छ ।

जितपछि दोस्रो स्थानको रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ५ मा झारेको छ ।

रियलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा दुई मिनेट अन्तरमा रियलले दुई गोल गर्यो । मार्को असेन्सियोले ५२ औं र भिनिसियस जुनियरले ५४ औं मिनेटमा गोल गरे

गाब्रिएल पाउलिस्टाले ७२औं मिनेटमा रातो कार्ड पाएपछि भ्यालेन्सिया दश खेलाडीमा समेटिएको थियो ।

जितपछि रियलले १९ खेलबाट ४५ अंक जोडेको छ । भ्यालेन्सिया समान खेलबाट २० अंकसहित १४ औं स्थानमा छ ।
बार्सिलोना १९ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com